You are viewing the translated version of प्राज्ञिक परिषद्.
Section 15
प्राज्ञिक परिषद्
(१) विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान कार्यलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न एक प्राज्ञिक परिषद् रहनेछ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछः- (क) कुलपति - संयोजक
(ख) रजिष्ट्रार - सदस्य
(ग) निर्देशकहरू मध्येबाट एकजना - सदस्य
(घ) शिक्षकहरू मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(ङ) आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सा क्षेत्रका फरक-फरक विधाको प्रतिनिधित्व हुने गरी विषय विज्ञहरू मध्येबाट कम्तीमा एकजना महिला सहित दुईजना - सदस्य
(च) निर्देशकहरू मध्येबाट कुलपतिले तोकेको एकजना - सदस्य
(छ) डीनहरू मध्येबाट कुलपतिले तोकेको एकजना - सदस्य-सचिव (३) उपदफा (२) को खण्ड (ग),
(घ) र (ङ) बमोजिमका सदस्यको मनोनयन कुलपतिले गर्नेछ र मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ।
(४) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि सो परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ।